मंसिर ८, काठमाडौं।।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग जहाजमा खिचिएको तस्वीर सार्वजनिक गर्दै सरकारको टोलीप्रति प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्वीरमा उनी मन्त्रीद्वय वाग्ले र खनालसँगै जहाजभित्र उभिएको देखिन्छन् । तस्वीरसँगै उनले ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ भन्ने क्याप्सन लेखेका छन् ।
उक्त तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको हो । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा गएका थिए ।
यसअघि पनि प्रधानमन्त्री शाहले अन्य दुई मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।








