पाेखरा ।।
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएर सञ्चालनमा आएकाे २७ महिना पूरा भइसकेकाे छ ।
वि.सं २०७९ पुस १७ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस विमानस्थलकाे भव्य रुपमा उद्घाटन गरेका थिए ।
विमानस्थल उद्घाटन भएको करिब १४ महिनापछि अन्तराष्ट्रिय उडानकाे लागि पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा तयार थियाे । किनकि यस विमानस्थलमा २०८० फागुन ११ मा अन्तर्राष्ट्रिय उडानका लागि आइएफआर लागु भएकाे थियाे । तर विडम्बना यस विमानस्थल सञ्चालनमा आएकाे यतिका समय भइसक्दा समेत अन्तर्राष्ट्रिय उडान भने हुन सकेकाे छैन ।
नाम मात्रकाे अन्तर्राष्ट्रिय विमानस्थल तर अन्तराष्ट्रिय रुपमा उडान भने हुन नसके पछि धेरै आलाेचना हँदै आइरहेकाे छ । यही आलाेचनालाई चिर्दै आगामी चैत ५ (मार्च १८ तारिख) गते देखि अन्तर्राष्ट्रिय उडान हुन नसकेपनि व्यवसायीक उडान भने हुने भएको हाे ।
चैत ५ गते बिहान १० बजे चिनियाँ एयरलाइन्स सिचुआनको जहाजमार्फत १ सय २७ चिनियाँ पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
यस्तै सोही दिन १ सय २७ नेपाली पर्यटन व्यवसायीहरू दिउँसो १२ बजे छेन्दु प्रस्थान गर्नेछन्।
पहिलो चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक, पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा विभिन्न पर्यटन संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
पहिलो उडानमा जाने नेपाली टोली आठ दिने भ्रमणका लागि छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ जानेछ। त्यहाँ पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन हुनेछ।
चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिने आज आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे छ ।
पहिलो उडानको प्याकेज १ लाख १३ हजार रुपैयाँ तोकिएको छ, जसमा व्यक्तिगत खर्च समावेश हुने छैन।
दोस्रो उडानमा पर्यटन व्यवसायीहरू समेटिनेछन् भने तेस्रो उडानमा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुनेछन्।
विशेषगरी राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्रीलाई समेत अन्तर्राष्ट्रिय उडान सुचारूका लागि पटकपटक ध्यानाकर्षण गर्दा पनि उडान सुचारु हुन नसक्दा निजि क्षेत्रका पर्यटन व्यवसायीहरुले नै केही प्रयास गराैं भन्ने उद्देश्यले पाेखरा पर्यटन परिषद्काे नेतृत्वमा याे व्यवसायीक उडान हुन लागेको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिएका छन् ।
उनका अनुसार नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा गण्डकी प्रदेशको पर्यटन व्यवसाय प्रभावित भएको र यही समस्या समाधानका लागि पोखरा पर्यटन परिषद, चिनियाँ दूतावास र सिचुआन एयरलाइन्सको सहकार्यमा उडान सुरू गरिएको बताए ।
तीन महिनासम्म हुने यस व्यवसायीक उडानमा करिब १ हजार २ सय ५० चिनियाँ पर्यटक चिनकाे सिचुवानबाट हवाई मार्गबाट सिधा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराउने प्रयास रहेकाे उनले बताए । यसका लागि चिनियाँ दूतावास, सिचुआन एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले यो पहलमा सहकार्य गरेका छन्।
शुरुवाति चरणमा केही व्यवसायीक चार्टर्ड उडानबाट प्रारम्भ गरेर यसलाई व्यवसायीक उडानमा परिणत गरि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने याेजना रहेकाे पनि परिषद्का अध्यक्ष पहारीले बताए ।
त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई शुरुवातकाे समयमा क्षेत्रीय भनिए पनि पछि त्यसलाई सच्याई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भनिएकोले सबैले यसैलाई त्यसरी नै लिनुपर्ने बताए ।
उनले विमानस्थल पूर्णरूपमा अन्तर्राष्ट्रिय भइसकेको र विमानस्थलको सेवा अब चौबीसै घण्टा सञ्चालनमा रहेको पनि बताए ।
उनले उक्त दिन हुने फ्लाइट कमर्सियल फ्लाइट भएकोले सबैले व्यक्तिगत खर्चमा जान लागेको स्पष्ट पारे ।
यस्तै चिनिया दुतावासका काउन्सिलर वाङ शिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित उडान सिचुवान एअरलाइन्सले गर्न लागेकाेमा बधाई पनि दिएका छन्।
उनले याे चार्टर्ड फ्लाईटलाई पहिला सफलता पूर्वक सञ्चालन गर्न अनुराेध गर्दै अागामी दिनमा यसलाई दिरघकालिन रुपमा निरन्तरता सम्बन्धित सबैमा अाग्रह पनि गरेका छन् ।
पोखरामा यसअघि पहिलोपटक पहिलो अन्तर्राष्ट्रिय उडान
२०८० असार ६ गते चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले भरेको थियो । त्यसपछि पोखरामा दुई चार्टर्ड उडान गरेको सिचुवानले पोखराबाट १ सय २६ जना यात्रु लिएर काठमाडौंका लागि उडान गरिसकेको छ ।








