कोटिहोमको पूर्व सन्धयामा आयोजित कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै
  • प्रमुख खबर

पाेखरा ।।
ऐतिहासिक श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्व सन्धयामा आयोजित कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएकाे छ ।

पोखरा-१७ बिरौटा स्थित हरिहर मन्दिरमा हुने उक्त काेटिहाेममा सहभागी हुन विभिन्न ठाउँहरुबाट भक्तजनहरुकाे गुइचाे लाग्न थालेकाे आयाेजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

आगामी बैशाख १७ देखी जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको पूर्वसन्धयामा अहिले बिरौटाको प्रगती टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरु भइरहेकाे छ ।

हरेक दिन भैरहेको उक्त कार्यक्रममा भक्तजनहरुको सहभागिता निकै बढ्दै गइरहेकाे छ ।

विशेषगरि महायज्ञको पूर्वसन्धाको अवसरमा भारतको उडिसी क्षेत्रमा निकै लोेकप्रिय सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरुको सहभागिता रहेको थियो ।

त्यस्तै राष्टिय भजन गायकहरुका प्रस्तुती, लिलामय कलाकारका झाँकी प्रस्तुती, मानव सेवा फाउण्डेसनका कलाकारहरुका प्रस्तुती संगै आयाेजकद्धारा सञ्चालित मामाघर आश्रमका बालबालिकाका विविध प्रस्तुतीहरु पनि प्रस्तुत भइरहेका छन् ।

त्यस्तै यस महायज्ञमा भोलिबाट नेपालकै कान्छि भागवत वाचिका बाल बिदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्