जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणसभा स्थलबाट रेशम चौधरी पक्राउ
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणसभा स्थलबाट उनी बुधबार(आज) पक्राउ परेका हुन् ।

उनी पक्राउ परेसँगै आजको घोषण कार्यक्रम स्थगित भएको छ ।

पार्टी एकीकरण हुनै लाग्दा प्रहरीले चौधरीलाई पक्राउ गरेपछि यसविरुद्ध जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् ।

उनले दिएकाे जानकारी अनुसार प्रहरीले कार्यक्रम स्थलबाट चाैधरीलाई पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल लगेकाे बताए ।

आज दुई पार्टी बिचको एकता घोषणा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा बिहान ११ बजे राखिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्