काठ्माण्डाैं ।।
गत १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट नेकपा माओवादी केन्द्रले सुरु गरेको “जनतासँग माओवादी जागरण अभियान” बुधबार(आज) समापन हुँदैछ ।
हुलाकी राजमार्ग केन्द्रित दुई महिना अघि सुरु भएको उक्त अभियान बीचमा रोकिएर पून:सुरु भएकाे थियाे । साे अभियान आज कञ्चनपुर पुगेर सकिने माओबादी केन्द्रले जनाएको छ ।
उक्त कार्यक्रम समापनकाे लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कञ्चनपुरमै छन् ।
उनले त्यहाँ राष्ट्रप्रेमी किसान नेता तथा महान शहीद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गर्नुका साथै सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन् ।









