गृहमन्त्री लेखकलाई अाफ्नै पार्टीका नेताद्वारा राजिनामा दिन सुझाव
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

गृहमन्त्री लेखकलाई उनकै दल कांग्रेस नेताले राजिनामा दिन सुझाव दिएका छन् ।

भिजिट भिसा प्रकरणमा उनकाे समेत संलग्नता रहेको आरोप लागेसंगै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठेपछि गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न पनि सुझाव दिए ।

डा.काेइरालाले विगतमा केही मन्त्रीले राजीनामा दिएर छानबिनमा सघाएको असल अभ्यासलाई स्मरण गर्दै गृहमन्त्रीले पनि राजिनामा दिनुपर्ने बताए ।

यता, गृहमन्त्री लेखले भने यस प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

शनिवार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थान स्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

उनले यदि यस भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा कसैले पनि भन्न अावश्यक नभएको स्वत गृहमन्त्री पदबाट राजिनामा दिने पनि प्रष्टाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्