राप्रपाका महामन्त्री धवल शमशेर र उपाध्यक्ष मिश्र विरुद्ध अभियोजन दर्ता
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबरा र उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।

तीनकुनेमा घटनामा राजावादीको पक्षमा प्रदर्शन र संलग्न भएको कसुरमा दुवै जनाविरुद्ध आइतबार अभियाेजना दर्ता गरिएको हाे ।

जबरा र मिश्र द्वयलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिएका छन् ।

यस्तै साे दिनकाे घटनालाई लिएर प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको छ भने ११ जना अझै फरार प्रतिवादी छन् ।

गत वर्षकाे चैत १५ मा काठ्माण्डाैंकाे तिनकुनेमा घटेकाे उक्त घटनाले ठूलाे मात्र क्षति भएको थियाे । जुन घटनामा भाैतिकसंगै मानवीय क्षति पनि हुन पुगेकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्