कास्कीको पुँडीटार र नवलपुरको लोकाहामा पूर्ण बजेट विनियोजन
  • प्रमुख खबर

पोखरा।।
कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले वर्षौंदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।

सरकारले बजेट विनियोजन गरेपनि हालसम्म पनि सो क्षेत्रमा औद्योगिक क्षेत्र सञ्चालनका अहिलेसम्म जग्गा प्राप्ति हुनसकेको छैन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले आइतबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै प्रादेशिक उद्योगको विकास र प्रदेशको समुन्नतीको सोचलाई आत्मसाथ गर्दै प्रदेश स्तरीय औद्योगिक क्षेत्र विकासका लागि लोकाहा खोला र पुँडीटारमा जग्गा प्राप्ति र निर्माण कार्यलाई अगाडि बढाईने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्