काठमाडाैं ।।
मंगलबार(आज) बसेकाे प्रतिनिधिसभाकाे बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सुरु भएको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साँढे ४ बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर बैठक स्थगन भएको जनाएको हाे ।
अर्काे बैठक अब असार ५ गते विहिबार बिहान ११ बजे बस्ने भएको छ । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएसँगै बैठक समेत स्थगित भएको हाे ।
यस विषयलाई लिएर यसअघि सभामुख र पाँच दलका प्रमुख सचेतकबिचको छलफल भएको थियाे तर उक्त छलफल पनि विना निष्कर्ष सकिएको थियो ।
सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न समय दिएको सचिवालयले जनाएको छ ।










