काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार(आज)बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ।
उक्त दुई पार्टीले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्रीको तत्काल राजीनामा र यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आजको बैठक समेत बहिस्कार गरेको हो।
प्रतिनिधिसभा बैठकमा राप्रपाले केही दिनदेखि बैठक बहिष्कार गर्दै आइरहेको छ भने यता रास्वपाले बेल घेराउ गर्दै आएकोमा आज दुवै दलले बैठक बहिष्कार गरेका हुन् ।
तर यता, संसद्को चौंथो र पाँचौं दुई ठूला दलको विरोध र बहिष्कारकैबीच सभामुख देवराज घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्।
अहिले प्रतिनिधिसभाकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने क्रम चलिरहेको छ ।










