पूर्वराष्ट्रपति भण्डारीद्वारा सबै सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायललाई दियो निवेदन
  • प्रमुख खबर

काठमाडौं ।।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् ।

उनले असार १८ गते बुधबार अर्थात् आजकै मितिबाट लागु हुनेगरी सेवा सुविधा नलिने गरि निवेदन दिएको एक उच्च स्रोतले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले असार १४ आयोजित स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवको एक सभालाई सम्बोधन गर्दै आफु सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् ।

विशेषगरी उक्त सभामा उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताउँदै आफू नेकपा एमालेको राजनीतिमा पून जोडिएको घोषणा गरेकी थिइन् ।

नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टीको सदस्यता नवीकरण गरेको समेत उनले बताएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्