एथलेटिक्स प्रतिभा सलिम र सिमाकुमारीलाई राखेप सदस्य–सचिव घिसिङद्वारा सम्मान
  • प्रमुख खबर

श्रावण ३१ गते, शनिबार
पोखरा ।। प्रथम अन्डर डिस्टेन्स एथलेटिक्स प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच सम्मान गरेका छन् ।

भारतमा भएको विश्व एथलेटिक्स कन्टिनेन्टल टुर ब्रोन्जमा राष्ट्रिय कीर्तिमान बनाउन सफल सलिम देवान (लङजम्प) र सिमाकुमारी चौधरी (लङजम्प) लाई घिसिङले शनिबार (आज) सम्मान गरेका हुन् ।

विजेता खेलाडीहरूलाई प्रमाणपत्र, पदक तथा नगद पुरस्कार सहित सम्मान गर्दै उनले युवा प्रतिभालाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने र निरन्तर प्रशिक्षण र प्रतिस्पर्धामार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको परिचय बनाउन सकिने विश्वास समेत व्यक्त गरे ।

सो प्रतियोगितामा विभिन्न उमेर समूह र दूरीको आधारमा दौडतर्फ प्रतिस्पर्धा भएको थियो । उनीहरूको असाधारण प्रदर्शनले नेपालको एथलेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराएको भन्दै घिसिङले प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्