नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल बंगलादेशी टोली नेपाल आउँदै
  • प्रमुख खबर

भाद्र १७, काठमाडौं ।।
नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल्न बङ्गलादेशको टोली बुधबार(आज) काठमाडौं आउँदैछ ।

भदौ २१ र २४ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने उक्त मैत्री खेलको लागि बंगलादेशी टोली आज काठमाडौं आउन लागेको हो ।

उनीहरू दिउँसो ३ बजे नेपाल आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ ।

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्