भदौ १८, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गरेका छन्।
गत शनिबारदेखि चीनमा रहेका ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, प्रधानमन्त्री ओली आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
ओलीले शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाएका थिए। सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्वीपक्षीय भेटवार्ता गरेका छन्।
त्यस्तै, सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट भएपनि द्वीपक्षीय वार्ता भने भएको थिएन।









