भाद्र २५, काठमाडौं ।।
नेपाली सेनाको जंगीअड्डामा भएको जेनजीको प्रतिनिधि बैठकमा सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन गरिएको प्रस्तावमा विवाद उत्पन्न भएपछि नेपाली सेनाले उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
सरकार नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद उत्पन्न गरेका जेनजी प्रतिनिधिहरूलाई भोलि बिहानसम्म सम्पर्कमा आउन आग्रह गरेका हुन्।
नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सेनाले जेनजीको नेतृत्वकर्ता कतिजना छन् र ती ग्रुपबाट आउने प्रतिनिधिको नाम र फोन नम्बर सहित भोलि बिहान सम्पर्क भनेको हो ।
जेनजी प्रतिनिधिले बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, युवाहरुले जंगीअड्डा बाहिर भेला भएर त्यसविरुद्ध नाराबाजी गरेपछि सेनाले उक्त घोषणा गरेको हो ।









