साउन १०, काठमाडौं ।।
स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
स्ववियुले त्रिविलाई दुई दिनभित्र सो सम्बन्धनमा छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । यससँगै व्यवस्थापन संकायको डीन र परीक्षा हेर्ने सहायक डीन दुवैले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग समेत गरेको छ ।
स्ववियु अध्यक्षदिपक जोशीले भने,” प्रश्न पत्र कसरी बाहिरियो? यस कार्यमा कसको संलग्नता थियो भन्ने विषयमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ । किनकि यस घटनाले विश्वविद्यालयको गरिमामाथि आँच आउने काम भएको र यस्तो कार्यमा कुनै सम्झौता हुन सक्द NV” उनले निष्पक्ष घणबिन गरी दोषीलाई कारबाही नभए व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने बताए ।
प्रहरीले प्रश्न पत्र लिक गरेको आरोपमा आइतबार(आज) दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस विषयमा छानबिन गर्न समिति पनि गठन भइसकेको छ ।








