नेपाली क्रिकेट टोलीलाई यूएईकाे भिसा, वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक श्रृंखला सुनिश्चित
  • प्रमुख खबर

Oplus_131072

आश्विन ५, काठमाडौं ।।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा दिएको छ ।

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि यूएईले भिसा दिएकाे हाे ।

नेपालमा पछिल्लो समय भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यूएईले नेपालीहरूलाई कुनैपनि प्रकारकाे भिसामा रोक लगाएकाे थियाे ।

यूएईले भिसाका लागि नेपालीमाथि लगाएकाे प्रतिबन्धकाे असर खेल क्षेत्र र खेलाडीमा समेत परेको छ। तर नेपाल क्रिकेट सङ्घ (क्यान)ले यूएईको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग गरेकाे समन्वयका कारण अन्त यूएईले खेलाडीहरुलाई भिसा दिएकाे हाे ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली क्रिकेट टाेली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

नेपालले यही असोज ११ देखि १४ गतेसम्म यूएईमा वेस्ट इन्डिज विरुद्ध ऐतिहासिक टी–२० क्रिकेट खेल्दैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्