सुनमा नयाँ रेकर्ड: तोलाको मूल्य २ लाख २१ हजार नाघ्यो इतिहासकै महँगो
  • प्रमुख खबर

असोज ७, पोखरा ।।
नेपालमा सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । मंगलबार(आज)सुनको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको हो । आज सुन तोलाको २ लाख २१ हजार ७ सय रुपैयाँ भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज मात्र तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनले आज नयाँ रेकर्ड कायम गरेको छ।

लगातारको मूल्य वृद्धिसँगै सुन खरिद गर्ने उपभोक्ता हतोत्साहित भए पनि विक्रेताहरू भने लाभान्वित भएका छन् ।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा २ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले वृद्धि भई २ हजार ६ सय ८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्