असोज १०, काठमाडौं ।।
विहिबार भएको साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ।
कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्टेडियम भएको खेलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको हो।
समुह ‘ए’ मा परेको नेपाल उपविजेता हुँदै सेमिफाइनलमा थियो । तर सेमिफाइनलमा आएर भारतसँग पराजित भएसँगै नेपालको फाइनल खेल खेल्ने यात्रामा पूर्णविराम लागेको छ ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा भने दबाबमा परेको थियो। खेलको ६१औँ मिनेटमा गुनलेइबा वाङखेरकपामले भारतलाई अग्रता दिलाए। त्यसपछि ८०औँ मिनेटमा अजलान शाहले दोस्रो गोल थपे।
इन्जुरी समयको चौथो मिनेटमा डाइमन्ड सिंह थोक्चोमले तेस्रो गोल गर्दै भारतलाई सहज जित दिलाएको थियो ।













