राखेपका सदस्य–सचिव घिसिङद्वारा कराते टोलीलाई बिदाइ, प्रतिस्पर्धा क्वालालम्पुरमा हुने
  • प्रमुख खबर

असोज १३, काठमाडौं ।।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन्।

अक्टोबर ३ देखि ५ तारिखसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले चार खेलाडी पठाएको छ।

नेपाली टोलीमा महिलातर्फ एरिका गुरुङ ६८ केजीमाथि, वर्षा बुढा मगर ५० केजीमुनि, सविना श्रेष्ठ ५५ केजीमुनि तथा सानुमाया थिङ एकल कातामा सहभागी हुनेछन्।

टोलीलाई प्रशिक्षकको रूपमा कुशल गुरुङले मार्गदर्शन गर्नेछन् भने तारा गुरुङ निर्णायकको भूमिकामा रहनेछन्।

सदस्य–सचिव घिसिङले टोलीलाई शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको गौरव बढाउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्