आज नेपाल र भारतबीच मैत्रीपूर्ण महिला फुटबल हुने
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १२, काठमाडौं ।।
नेपाल महिला राष्ट्रिय फुटबल टोलीले आज भारतसँग एक अनौपचारिक मैत्रीपूर्ण खेल खेल्दैछ। खेल सिक्किमको पाल्जोर रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ।

नेपालका कप्तान सावित्रा भण्डारी, प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा आजको खेलमा सहभागी नहुने भएकाले टोली केही नयाँ संयोजनमा मैदान उत्रिनेछ।

यसअघि सम्पन्न त्रिदेशीय श्रृंखलामा नेपालले प्रारम्भिक खेलमा इरानसँग ३–० ले पराजय ब्यहोरेको थियो। तर दोस्रो खेलमा साम्बा लिम्बुको उत्कृष्ट प्रदर्शनमा भारतलाई २–१ ले पराजित गर्दै पुनरागमन गरेको थियो।

पहिले बिहीवारका लागि तय गरिएको यो मैत्रीपूर्ण खेल आज (बुधबार) सारिएको हो। तर, यो खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुने बताइएको छ।

सिक्किमको रंगशालामा हुने यो भिडन्त नेपाली टोलीका लागि आगामी प्रतियोगिताका तयारीका दृष्टिले महत्वपूर्ण परीक्षण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्