नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक रोसले दिए पदबाट राजीनामा
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १३, काठमाडौं ।।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले पदबाट राजीनामा दिएका छन्।

रोसले औपचारिक रूपमा पदबाट राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका हुन्।

अस्ट्रेलियाली प्रशिक्षक रोससँग एन्फाले गत फागुनमा एक वर्षका लागि सम्झौता गरेको थियो। तर उनले आठ महिना नपुग्दै पद त्यागेका छन्।

राजीनामाको कारणबारे एन्फाले विस्तृत विवरण पछि सार्वजनिक गर्ने बताएको छ।

रोसको नेतृत्वमा नेपाली टोलीले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जसमा एक जित, दुई बराबरी र चार हार व्यहोरेको छ।

उनकाे प्रशिक्षकत्वमा नेपालले पहिलो खेलमै सिङ्गापुरलाई पराजित गर्दै सुरुआत उत्साहजनक गरेको थियो। रोसको राजीनामापछि एन्फा अहिले नयाँ मुख्य प्रशिक्षक खोजीको तयारीमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्