धनुषामा बस र अटो रिक्सा ठोकिँदा एकै परिवारका तीनसहित चार जनाको निधन, दुई बालबालिका गम्भीर
  • प्रमुख खबर

कार्तिक १६, जनकपुरधाम

धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा यात्रुबाहक बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा एउटै परिवारका तीनसहित चार जनाको ज्यान गएको छ । शनिबार साँझ भएको उक्त दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटो चालक ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

उक्त दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्