कार्तिक १९, काठमाडौं ।।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।
खेल यूएईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरू हुनेछ।
नेपाल, यूएई र अमेरिकाबीचको यस सिरिजमा नेपालले यसअघि तीनै खेलमा पराजय व्यहोरेको छ।
पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले, दोस्रो खेलमा चार विकेट र तेस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो।
हाल नेपाल १९ खेलमा १२ अंकसहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ। सोही अंकतालिकामा अमेरिका २३ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने यूएई १९ खेलमा ८ अंकका साथ पुछारमा छ।
आजको खेलसँगै त्रिदेशीय सिरिज सकिँदैछ र खेलपछि नेपाली टोली स्वदेश फर्कने कार्यक्रम तय भएको छ।













