फिलिपिन्समा आएको ‘कालमेगी’ आँधीको ताण्डवः २६ को मृत्यु, लाखौं विस्थापित
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १९, एजेन्सी ।।
फिलिपिन्समा आएको शक्तिशाली आँधी ‘कालमेगी’
(टिनो)ले व्यापक रूपमा जनधनको क्षति गरेको छ।

पछिल्लो विवरण अनुसार यस आँधीका कारण कम्तीमा २६ जनाको ज्यान गएको र लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएका छन्।

सबैभन्दा बढी क्षति फिलिपिन्सको सेबू टापुमा भएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

आँधीपछि आएको तीव्र वर्षा र बाढीका कारण त्यहाँका धेरै बस्तीहरू जलमग्न बनेका छन्। घर, सडक र विद्युत् संरचना नष्ट भएका छन् भने आपतकालीन उद्धार टोलीहरू निरन्तर राहत कार्यमा जुटिरहेका छन्।

यसैबीच, राहत तथा उद्धार अभियानमा खटिएको फिलिपिन्स एयर फोर्सको एक हेलिकप्टर मिन्दानाओ टापुमा दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनामा चालक दलका ६ जनाको मृत्यु समेत भएको बताइएको छ।

सरकारले प्रभावित क्षेत्रहरूमा आपतकालीन अवस्था घोषणा गर्दै आवश्यक राहत सामग्री र स्वास्थ्य सहायता पठाइरहेको छ।

मौसमविद्हरूका अनुसार ‘कालमेगी’ कमजोर भए पनि केही तटीय क्षेत्रमा भारी वर्षाको सम्भावना कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्