लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य दियो
  • प्रमुख खबर

कार्तिक १९, काठमाडौं ।।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई २ सय ४० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन जोडेको हो ।

नेपाली पारीमा भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रनको योगदान दिए। अन्य खेलाडीबाट भने अपेक्षित प्रदर्शन हुन सकेन ।

यता, यूएईका बलरहरू जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले समान २–२ विकेट लिए। यो खेल त्रिदेशीय शृङ्खलाको अन्तिम मौका हो, जसमा घरेलु टोली यूएईसँगै नेपाल र अमेरिका सहभागी छन्।

आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ। यसअघि नेपालले अमेरिकासँग पहिलो खेलमा १ सय ६ रनले र दोस्रो खेलमा ४ विकेटले पराजय भोगेको थियो । ।

यस्तै, यूएईविरुद्धको पहिलो खेलमा पनि नेपाल ५ विकेटले हारेको थियो। हाल लिग–२ को अंक तालिकामा नेपाल १९ खेलबाट १२ अंकसहित सातौँ स्थानमा छ।

अमेरिका २४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा रहँदा यूएई १९ खेलबाट ८ अंकका साथ पुछारमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्