एनपीएल–२ को काउन्टडाउन सुरु, सिजन पासदेखि भिआइपीसम्म सबै दर सार्वजनिक
  • प्रमुख खबर

कार्तिक २८, काठमाडौं ।।
आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा आयोजना हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै उद्घाटन खेल र शनिबारका प्रतियोगिताको साधारण टिकट रु ५ सय र भिआइपी टिकट रु १ हजार ५ सय निर्धारण गरेको जनाएको छ।

साधारण समूह चरणका अन्य खेलहरूमा सामान्य टिकट रु ५ सय नै कायम गरिएको छ भने भिआइपीका लागि रु १ हजार लिने व्यवस्था गरिएको छ।

यस्तै प्लेअफ तथा फाइनलमा भने साधारण टिकट रु १ हजार र भिआइपी टिकट रु २ हजार तोकिएको क्यानले जनाएको छ।

दर्शकका लागि सिजनभर प्रवेश पाउने सिजन पास भने रु १५ हजारमा उपलब्ध हुने क्यानले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

टिकट खरिद सुविधा डिजिटल माध्यममै सीमित गरिएको छ। खल्ती र आईएमई पे एपमार्फत टिकट बिक्री हुने क्यानको विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्