एनपीएलमा आज काठमाण्डौं र पोखरा तथा सुदूरपश्चिम र चितवन खेल्दै
  • प्रमुख खबर

मंसिर १८, पोखरा ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे काठमाण्डौं गोर्खाज र पोखरा एभेञ्जर्स खेल्दैछन् । लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डौंले जिते ‘प्ले अफ’ मा पुग्नेछ । काठमाण्डौं ६ खेलमा ४ जीत र ३ हारसहित ८ अङ्क जोड्दै तालिकाको दोश्रो स्थानमा छ ।

पोखराको पनि ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै छ । पोखराको अन्तिम खेल चितवन राइनोजसँग छ । आज काठमाण्डौंलाई र आफ्नो अन्तिम खेलमा चितवनलाई हराए मात्रै पोखराको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । पोखरा ५ खेलमा २ जीत र ३ हारसहित ४ अङ्क जोड्दै चौथो स्थानमा छ ।

यस्तै आजै हुने अर्को खेलमा दिउँसो सुदूरपश्चिम रोयल्स् र चितवन राइनोज खेल्दैछन् । सुदूरपश्चिम यसअघि नै लगातार ५ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको छ । अपराजित सुदूरपश्चिमको १० अङ्क छ ।

चितवनको ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ । आज सुदूरपश्चिमलाई र आफ्नो अन्तिम खेलमा पोखरालाई हराए मात्रै चितवनको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । चितवन ५ खेलमा २ जीत र तीन हारसहित ४ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्