जेठ २१, काठमाडौं ।।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । बिहीबार(आज) बस्ने भनिएको सो बैठक अचानक स्थगित भएको हो । बैठक स्थागितबारे सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव यति बेला जिल्ला -जिल्लामा भइरहेको हुँदा उनीहरूका सांसदहरू उपस्थित हुननसक्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए । उनका अनुसार कोरम नपुग्ने अवस्थामा बैठक नराखौं भनेर स्थगित गरिएको हो ।









