निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
  • प्रमुख खबर

मंसिर २५, पोखरा ।।

निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ ।

आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरे ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो ।

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे ।

प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा आयोग लागिपरेको बताउनुभयो । निर्वाचन कार्यक्रम प्रकाशन गरी अहिले मतदाता नामावली अद्यावधिक काम भइरहेको बताउँदै उहाँले आयोग एकै चरणमा निर्वाचन गर्न तयार रहेको उल्लेख गरे ।

ढकालले गण्डकीमा कूल मतदाता १६ लाख ६२ हजार २ सय ४६ रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्