दुई राजनीतिक शक्ति जसपा र लोसपाबीच पार्टी एकताका लागि सहमति
  • प्रमुख खबर

पौष १४, काठमाडौं ।।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

मधेशका यी मुख्य दुई राजनीतिक शक्तिबीच हिजो पार्टी एकता गर्ने सहमति भएको हो । पार्टी एकता सम्बन्धी सहमति पत्रमा जसपा नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा देशको बदलिँदो राजनीतिक परिस्थितिको गहिरो मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संकल्प दोहोर्‍याएको छ।

विषेशगरी संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायजस्ता अग्रगामी एजेन्डालाई थप सशक्त बनाउँदै न्यायपूर्ण समाज निर्माणका लागि पार्टी एकीकरण अपरिहार्य रहेको उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्