पौष १७, काठमाडौं ।।
नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कालिकोट जिल्लाबाट एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहका अनुसार कालिकोटबाट प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो।
स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरसम्मको छलफलपछि पार्टी संरचनाले उनको नाम एकल रूपमा अघि सारेको सिंहले जानकारी दिएका छन्।
उनले भने, “कालिकोट माओवादी आन्दोलनको ऐतिहासिक आधारभूमि हो। पार्टी र जनताको भावना बुझेर नै संयोजक प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो।”
पार्टी र जनताको भावना बुझेर नै संयोजक प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो।” कालिकोटसँगै प्रचण्डको नाम यसअघि महोत्तरी–३, सिन्धुली–२ र कास्की–३ लगायतका निर्वाचन क्षेत्रबाट पनि सिफारिसमा परेको थियो।










