सुनचाँदी बजारमा फेरि गिरावट, सुन तोलामा २ हजार १ सयले घट्यो
  • प्रमुख खबर

पौष २०, काठमाडौं ।।
नेपाली सुनचाँदी बजारमा आइतबार(आज) सुन र चाँदी दुवैको भाउ घटेको छ। केही दिनयता उतार–चढाव देखिँदै आएको बजारमा आज फेरि गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाउ तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

विषेशगरी अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक माग–आपूर्तिका कारण सुनचाँदीको भाउमा उतार–चढाव देखिएको व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्