माघ ११, पोखरा ।।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार(आज) सम्पन्न भएसँगै गण्डकी र कोशी प्रदेशमा मतगणना सुरु भएको छ।
आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको समयसीमाभित्र दुबै प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मतदान भएको हो।
समय सकिएलगत्तै मतपेटिका सिलबन्दी गरी मतगणना प्रक्रिया अघि बढाइएको दुवै क्षेत्रका निर्वाचन कार्यालयले जनाएको छ।
कोशी प्रदेशमा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको स्रोतले जनाएको छ। त्यहाँ स्थानीय तहतर्फ २ सय ५८ र प्रदेश सभातर्फ ८७ जना गरी कुल ३ सय ४५ जनाले मतदान गरेका छन्।
कोशीमा कुल २ सय ६७ स्थानीय तह र ९२ प्रदेश सभा सदस्य मतदाता रहेकामा अधिकांशले मताधिकार प्रयोग गरेका छन् ।
यता गण्डकी प्रदेशमा पनि मतदान केन्द्रहरू बिहानैदेखि चलायमान बनेका थिए। प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १ सय ६६ जना प्रतिनिधिले मत खसालेका छन्।












