रास्वपाका  नेता बालेन शाहको घरमा तोडफोड
  • प्रमुख खबर

माघ १७, काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाण्डाैमा रहेको घरको गेटमा तोडफोड भएको छ । गएराति नचिनेका मानिसको समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर काठमाण्डौका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

चोरले गेट फुटाएको हुनसक्ने आशंका भए पनि घर भित्र चोरी नभएको देखिएको गौशला प्रहरी वृत्तले जनाएको छ । झापा–५ बाट चुनावका लागि उम्मेदवार बनेका बालेन अहिले चुनावी प्रचारका लागि पश्चिम पुगेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्