आज सुनको भाउ ३ लाखमा झर्‍यो, चाँदीको मूल्य पनि लाग्यो ओरालो
  • प्रमुख खबर

माघ १८, काठमाडौं ।।
केही सातादेखि लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार(आज)भने गिरावट आएको छ । आज एकै दिन सुनको मूल्य तोलामै झन्डै १९ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँमा कायम भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ।

चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले ओरालो लाग्दै ५ हजार ५ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाउ ७ हजार ६५ रुपैयाँ थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्