मत सर्वेक्षणले मतदातामा अनुचित प्रभाव पार्न सक्छ : आयोगका कार्यवाहक प्रमुख भण्डारी
  • प्रमुख खबर

फागुन ७, काठमाडौं ।।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध रहेको बताएका छन्।

बिहीबार(आज) १० औँ निर्वाचन दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कुनै पनि सञ्चार संस्थाले चुनाव अगाडी नै फलानो उम्मेदवारले जित्छ भनी अग्रिम घोषणा गर्न निर्वाचन आचारसंहिताले प्रतिबन्ध लगाएको पनि बताए।

उनका अनुसार यस्तो सर्वेक्षणले अन्य प्रतिस्पर्धीको मनोबल घटाउने र मतदातामा भ्रम तथा अनुचित प्रभाव पार्न सक्ने हुँदा यो कारबाहीयोग्य विषय हो ।

यस्तै उनले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति पनि चिन्ता व्यक्त गर्दै कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने कार्यबाट टाढा रहन आग्रह गरे ।

सामाजिक सञ्जालमा आउने सबै सामग्री सत्य नहुन सक्ने भन्दै प्रयोगकर्ताहरूलाई पनि सचेत रहन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्