फागुन १०, काठमाडौं ।।
आगामी प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकार समक्ष प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार चुनावको तयारी र कर्मचारी व्यवस्थापन सहज बनाउन तीन दिनको बिदा आवश्यक भएकोले सिफारिस गरिएको तर अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ ।
आयोगको सिफारिस स्वीकृत भएमा निर्वाचनको समयमा १ साता नै बिदा हुने देखिएको छ । फागुन १८ गते पहाडमा होली पर्व र १९ गते तराईमा होलीको बिदा परेको छ। यसलगत्तै २० देखि २२ गतेसम्म निर्वाचनको बिदा हुने सम्भावना छ।
यस्तै २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा हुने भएकाले फागुन १८ देखि २४ गतेसम्म लगातार सार्वजनिक बिदाको संयोग जुरेको छ । तर तीन दिन बिदाको लागि आयोगको सिफारिस भने मन्त्रिपरिषद्ले निणर्य गर्नेछ ।












