अन्तर्राष्ट्रिय बजारमा भाउ उकालो लाग्दा पनि नेपालमा पेट्रोलियम मूल्य यथावत्
  • प्रमुख खबर

फागुन १७, काठमाडौं ।।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् नै रहेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले विज्ञप्तिमार्फत बजारमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको हो ।

निगमकाअनुसार बजारमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।

अहिले चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ५४ रुपैयाँ ५० पैसा, त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ३९ रुपैयाँ ५० पैसा छ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १ सय ५६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १ सय ४१ रुपैयाँ प्रतिलिटिर अनि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १ सय ५७ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ४२ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्