फागुन १८, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज)कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
अहिले तराईका केही ठाउँमा हुस्सु लागको छ भने कोशी, बागमती र गण्डकीका हिमाली भेगमा साधारणतया बादल लागेको महाशाखाले जनाएको छ।
यस्तै आज राति तराई क्षेत्रका थोरै ठाउँहरुमा तुँवालो लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएको छ।
कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।












