फागुन १९, काठमाडौं ।।
आज कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ ।
दिउँसो कोशी प्रदेशमा साधरणतया बादल लाग्ने सम्भावना छ । साथै कोशीका पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।
अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । पर्सि २१ गते मतदानको दिनसम्म नै देशका धेरै ठाउँको मौसम सफा रहने पूर्वानुमान छ । मतदानको दिन पर्सि बिहीवार हिमाली क्षेत्रका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना छ ।












