बाटोमा युवतीलाई अश्लील हर्कत गरेको आरोप लागेका शिक्षा अधिकृत २० हजार धरौटीमा रिहा
  • प्रमुख खबर

साउन ८,ललितपुर।।

ललितपुरको इमाडोल क्षेत्रमा सडकमा हिँडिरहेकी एक युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले ५५ वर्षीय भट्टलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।घटना गत असार २१ गतेको हो। सो दिन इमाडोलमा बाटो हिँडिरहेकी युवतीलाई लक्षित गर्दै भट्टले सार्वजनिक स्थलमै गोप्य अङ्ग प्रदर्शन गरेका आरोप युवतिले लगाएकी थिइन। घटनापछि युवतीले साहसका साथ उक्त हर्कत मोबाइलमा रेकर्ड गरिन्। साथै, त्यहीँ उपस्थित अर्का व्यक्तिको सहयोगमा उनले भट्टलाई नियन्त्रणमा लिई माफी माग्न र खुट्टा ढोग्न समेत बाध्य बनाएकी थिइन्।

युवतीले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना व्यापक चर्चामा आएको थियो। त्यसपछि प्रहरीले भट्टलाई पक्राउ गरेको थियो। तर, अनुसन्धानका क्रममा भट्टले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्