आज सुन प्रतितोला ३ लाख २८ हजार ६ सय कायम, चाँदीको मूल्य भने गिरावट
  • प्रमुख खबर

फागुन १९, काठमाडौं ।।
नेपाली बजारमा सुनको मूल्य मंगलबार(आज) वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा ३ लाख २८ हजार रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो।

यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो। यस्तै आज चाँदीको मूल्य भने घटेको छ।

आज चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो।

सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन। विषेशगरी अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्