फागुन २५ मा राष्ट्रियसभाका १८ नवनिर्वाचित सदस्यको शपथ ग्रहण
  • प्रमुख खबर

Oplus_131072

फागुन १९, काठमाडौं ।।
राष्ट्रियसभामा आएका नयाँ अनुहारहरूको शपथ ग्रहण हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार नवनिर्वाचित १८ सदस्यले फागुन २५ गते अर्थात आउँदो सोमबार दिउँसो २ बजे शपथ शपथ ग्रहण हुने भएको हो।

शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना हुनेछ।
नवनिर्वाचित सदस्यलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

शपथसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो संसदीय यात्रा सुरु गर्नेछन्। राष्ट्रियसभाको निर्वाचन गत माघ १९ गते सम्पन्न भएको थियो।

उक्त निर्वाचनबाट १८ जना सदस्य विजयी भएका थिए। ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ, जसले माथिल्लो सदनलाई निरन्तरता र स्थायित्व प्रदान गर्दै आएको छ।

त्यस्तै फागुन २० गते १९ सदस्यको कार्यकाल सकिएको छ। तीमध्ये १८ जना निर्वाचनमार्फत प्रतिस्थापन भइसकेका छन् भने एक जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था रहेको छ। यस मनोनयनपछि राष्ट्रियसभाले पुनः पूर्णता पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्