मुगुमा ७० मध्ये ४२ केन्द्रका मतपेटिका गमगढीमा, २८ केन्द्रको प्रतीक्षा
  • प्रमुख खबर

फागुन २२, मुगु ।।
हिमाली जिल्ला मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकि छ।

मुगु जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको सदरमुकाममा पुग्न बाँकि रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिका सहित निर्वाचन टोलि हिडिसकेको बताए ।

उनले खत्याड गाउँपालिकामा १९ , सोरु गाउपालिका १ , मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकि रहेको खत्रीको बताए।

उनका अनुसार सबै मतपेटिका जिल्लामा पुगिसकेपछि सर्बदलिय बैठक बसि मतगणना कार्य अगाडि बढाइने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्