कास्की ४९ उमेद्वारमा ४० जनाको जमानत जफत
  • प्रमुख खबर

फाागुन २५, पोखरा ।।

फागुन २१ गते भएको निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा गरी ४० उम्मेदवारको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने व्यवस्था छ ।

कास्कीका तीन वटै क्षेत्रमा रास्वपा, नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बाहेकहरु सबै उम्मेदवारको जमानत जफत भएको छ । कास्कीका तीन वटा क्षेत्रमा ४९ जनाले उमेद्वारी दिएका थिए । ४९ जनामा ९ जनाले आफ्नो जमानत बचाएका छन् भने ४० जनाको समानत जफत भएको छ ।

कास्की क्षेत्र नम्बर १ र २ मा १७/१७ जना र कास्की ३ मा १५ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार प्रत्येक क्षेत्र रास्वपा, नेपाली कांग्रेस र एमालेका ३/३ जना उमेद्वार बाहेक अन्य ४० जना उम्मेदवारले १० प्रतिशत मत ल्यान नसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्