नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावी खर्च साढे १७ लाख
  • प्रमुख खबर

Oplus_131072

फागुन २७, काठमाडौं ।।
दाङ–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले आफ्नो सम्पूर्ण चुनावी खर्च सार्वजनिक गरेका छन्।

पोखरेलले बुधबार(आज) खर्च विवरण सार्वजनिक गर्दै चुनावका क्रममा कुल १७ लाख ५० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका हुन्।

उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार निर्वाचन खर्चको विवरण आयोगमा बुझाई सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

सोही व्यवस्था अनुसार पोखरेलले आज आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन्। यससँगै निर्वाचनमा भएको खर्च पारदर्शी बनाउने अभ्यासका रूपमा एकपछि अर्को गर्दै उम्मेदवारहरूले आफ्नो खर्च विवरण सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्