नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
  • प्रमुख खबर

Oplus_131072

फागुन २८, पोखरा ।।
नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार(आज) निधन भएको छ। कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा गर्न बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा एक्कासि ढलेका थापाको उपचारको क्रममा मृत्यु भएको हो ।

अचानक हृदयघात भई ढलेका उनलाई उपचारका लागि फुलबारीस्थित मणिपाल टिचिङ अस्पताल लगिएको थियो । तर उनको मुत्यु भएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिएका छन्।

इन्चार्ज थापा पूर्व प्रदेश सांसद, पोखरा उप-महानगरपालिका (हाल महानगर)का पूर्व मेयर समेत हुन् । यस्तै उनी कास्कीमा विगत लामो समयदेखि सक्रिय अनुभवी एमाले नेताका रूपमा पनि परिचित थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्