चैत ०३, काठमाडौं ।।
आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ६५ रुपैयाँ थियो ।













