सुनको मूल्य बढ्यो, तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार
  • प्रमुख खबर

चैत्र २९, काठमाडौं ।।

आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्